अवैध लागूऔषधसहित २ जना पक्राउ

0
Shares

काठमाडौं । मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्राम ७८ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ३० वर्षीय जंगमनी मगर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २७ प ८८९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीको कभरको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै रौतहट, चन्द्रपुर नगरपालिका–१ स्थित बागमती पुल नजिकै वेवारिसे झोलाबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले झोला तलास गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।