जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

0
Shares

ललितपुर । ललितपुर महानगरपालिका–२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो मंगलबार साँझ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४० वर्षीय अनिल कुवँरसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ८० रुपैयाँसहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले १ बुक तास पनि बरामद गरेको छ । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।