अन्तरपालिका फुटबल चैत ४ देखि

0
Shares

हेटौंडा । मकवानपुरका पालिकाबीच सम्बन्ध जोड्ने उद्धेश्यसहित हेटौंडामा चैत ४ गतेबाट अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुर प्रायोजक तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाको सहभागिता रहने छ । समितिले मंगलबार पालिकाको टाइसिट सार्वजनिक गर्दै प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको हो ।

जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलानले चैत ४ देखि ११ गतेसम्म प्रतियोगिता हेटौंडा–५, पिप्ले क्याम्पा मैदानमा हुने जानकारी दिए । टाइसिटअनुसार प्रतियोगितामा चैत ४ गते कैलाश र भीमफेदी, चैत ५ गते हेटौंडा र बकैया, राक्सिराङ र थाहानगर, चैत ६ गढी र इन्द्रसरोवरबीच प्रतिस्पर्धा हुनेछ ।

चैत ४ गतेको विजेतस“ग मनहरीले र चैत ५ गते हुने राक्सिराङ र थाहाबीचको विजेतास“ग वागमतीले खेल्नेछ । मनहरी र वागमतीले खेलतालिकाअनुसार बाइ पाएका छन् । प्रतियोगिता विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपिया“सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा खेल अवधिभरका उत्कृष्ट खेलाडीलाई नगद १० हजार पुरस्कार राशि तोकिएको छ । प्रतियोगितामा सहभागी हुन ३० वर्षमुनिका सम्बन्धित पालिकाका खेलाडी हुनुपर्ने र विभागीय टोली वा ‘ए’ डिभिजन खेलेका खेलाडी समावेश गर्न नपाइने उल्लेख छ ।