एट्लेटिको विजयी

0
Shares

लन्डन, (एजेन्सी) । एट्लेटिको मेड्रिडले स्पेनिस ला लिगामा संघर्षपूर्ण जित निकालेको छ ।

इन्ज्युरी समयमा फरवार्ड अल्भारो मोराटाले गोल गरेपछि एट्लेटिकोले जितको नतिजा निकालेको हो । एट्लेटिकोले घरेलु टोली जिरोनालाई १–० गोलअन्तरले पराजित गरेको हो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए ।

स्टेडियो म्युन्सिपल मोन्टीलिभी जिरोनामा प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोली जिरोना अन्तिम समयमा सम्हालिन नसक्दा गोल बेहोर्दै एट्लेटिकोलाई नतिजा सुम्पन पुग्यो । यस जितसँगै एट्लेटिकोको २५ खेलबाट ४८ अंक भएको छ । पराजित जिरोनाको ३० अंक छ ।