मिलानले अंक बाँड्यो

0
Shares

रोम, (एजेन्सी) । एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएपछि अंक बांड्न बाध्य भएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा एसी मिलानले बराबरीको नतिजामा खेल टुङ्ग्याउन बाध्य भएको हो । मिलानले घरेलु मैदानमा सालेरनिटानासँग १–१ गोलको बराबरी खेलेको हो । मिलानोमा सोमबार राति भएको खेलमा घरेलु टोली मिलानका ओलिभर जिरुडले गोल गर्दा सालेरनिटानाका बोउलाए डियाले गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा मिलानले पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको थियो । उनले स्माइल बेनाकरको पासमा गोल गर्न सफल भएका थिए ।

तर, त्यो अग्रतालाई मिलानले दोस्रो हाफमा बचाउन सकेन । खेलको ६१औं मिनेटमा बोउला डियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले डोमागोज ब्राडारिकको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यस बराबरीसँगै मिलानले ४८ अंक जोडेको छ । अर्कोतिर सालेरनिटानाको भने २६ अंक भएको छ ।