केसी र खड्काको उत्कृष्ट प्रदर्शन

0
Shares

काठमाडौं । नेपालमा सम्पन्न अन्तर्राष्ट्रिय स्ट्रेँग्थ लिफ्टिङ र इन्क्लाइन र बेन्च प्रेस प्रतियोगितामा नेपालका सन्दीप केसी र दीपक खड्काले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित प्रतियोगितामा बुढानिलकण्ठका केसी र खड्काले उत्कृष्ट प्रदर्शन गरेका हुन् । विश्वका सात देश सम्मिलित प्रतियोगिताअन्तर्गत नेपालका सन्दिप केसीले ह्याभीवेट क्याटागोरीमा दोस्रो स्थान हासिल गरेका थिए । केसीले भारत, किर्गिस्तान, तुर्किस्तान, श्रीलंका, पाकिस्तान, भुटान, बंगलादेशसँग प्रतिष्पर्धामा फस्ट एटेम्प्टमा २ सय ४० केजी र सेकेण्ड एटेम्प्ट २ सय ४० केजी उठाएका थिए ।

विजेता भारतका खेलाडीले २ सय ८० केजी उठाएका थिए । त्यसैगरी बुढानिलकण्ठका नेपाली खेलाडी दीपक खड्काले फिजकल च्यालेन्ज क्याटागोरीमा ६०, ८० र ९० केजी इन्क्लाइन प्रेस गरेर तेस्रो स्थान प्राप्त गरेका छन् । दीपकले पनि भारत, किर्गिस्तान, तुर्किस्तान, श्रीलंका, पाकिस्तान, भुटान, बंगलादेशसँग प्रतिष्पर्धा गरेका थिए । यो विधामा पनि भारतले पहिलोस्थान हासिल गरेको थियो ।