नेकोस जुडो प्रतियोगिता हुने

0
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघको सम्बद्ध संस्था राष्ट्रिय जुडो संघ नेपालद्धारा संयुक्त आयोजनामा चैत्र १ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

चैत ४ गतेसम्म राष्ट्रिय रेफ्रि सेमिनार तथा परीक्षा २०७९, नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता २०७९, नेकोस–छैठँंै अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता २०७९, कार्यक्रम आयोजना गर्ने जनायो । उक्त कार्यक्रमहरू एमएमएसी हल, खुशिबुँ, नयाँबजार, काठमाडौंमा हुनेछ । चैत्र १ र २ गते रेफ्रि सेमिनार र ३ र ४ गते प्रतियोगिताको दौरानमा परीक्षा हुने छ । यस रेफ्रि परीक्षामा उत्तिर्ण हुनेहरूलाई राष्ट्रिय रेफ्रि लाइसेन्स प्रदान गरिने छ ।

चैत्र १ गते ३५ वर्ष भन्दा माथिका भेट्रान्स खेलाडीहरूका लागि नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता हुनेछ । यस प्रतियोगितामा विजेता हुनेहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । चैत्र ३ र ४ गते भुटान र जापानसहित नेपालको विभिन्न जिल्लाहरू बाँके, दाङ्ग, कास्की, मकवानपुर, सोलुखुम्बु, काभ्रे, ललितपुर, भक्तपुर, पर्सा तथा काठमाडौं जिल्लाहरुसहित उपत्यकाभित्र रहेका विभिन्न क्लब, डोजो, विद्यालय, कलेज, संघ सस्था सहित जम्मा १९ टिमले जुडो प्रतियोगितामा सहभागी जनाउदैछन् ।

यस प्रतियोगितामा सब–क्याडेट (१५ वर्षभन्दा मुनि), क्याडेट (१५ वर्षदेखि १८ मुनि सम्मका) र जुनियर (१५ वर्षदेखि २१ मुनि सम्मका) गरी तीन तहमा विभाजन गरी खेलाइने छ । साथै खेलाडीको उमेर अंग्रेजी क्यालेण्डर अनुसार मापन गरिएको छ ।

यस प्रतियोगितामा विजेता हुने तीनवटै तहका खेलाडीहरूई पदक तथा प्रमाणपत्र तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफि र उत्कृष्ट महिला तथा पुरुष १÷१ जना खेलाडीहरूलाई समेत ट्रफि प्रदान गरिनेछ । यस प्रतियोगितामा महिला १ सय ४ र पुरुष १ सय ४९ गरी जम्मा २ सय ५३ जना प्रतिस्पर्धीले सहभागी जनाउने अपेक्षा गरिएको छ । तेह्र लाख पञ्चानब्बे हजार नगदको अनुमानित बजेट रहेको छ ।