माओवादी घटकको अन्तरक्रिया स्थगित

0
Shares

काठमाडौं । माओवादी घटकका दलहरुले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीविसँगको माओवादी घटकको अन्तरक्रिया स्थगित स्थगित भएको छ ।

छलफल कार्यक्रमस्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतले युद्धकालिन मुद्दालाई नियमित प्रक्रियावाट हेरेपछि माओवादी घटकले आपत्ति जनाउँदै आएका न् । सोही बारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरुको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए ।

गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले आज गर्रने भनिएको नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल र अन्तरक्रिया गर्ने अन्तिममा स्थगित गरेका हुन् ।

सोही विषयमा माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् ।