माओवादी पृष्ठभूमिका शीर्ष नेताहरू नागरिक अगुवा र बुद्धिजीविसँग छलफल गर्दै

0
Shares

काठमाडौं । माओवादी पृष्ठभूमिका पार्टीहरूले नागरिक अगुवा र बुद्धिजीविहरूसँग छलफल गर्ने भएका छन् । आज (मंगलबार) छलफलको आयोजना गरिएको नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

विस्तृत शान्ति सम्झौतबारे माओवादी धारका पृष्ठभूमिका पार्टीहरूले मंगलबार बुद्धिजीवि र नागरिक अगुवासँग छलफल गर्ने भएका हुन् ।

गत शुक्रबार बसेको माओवादी पृष्ठभूमिका पार्टीका शीर्ष नेताहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।