विराटको टेस्टमा शतकको खडेरी समाप्त

0
Shares

नयाँ दिल्ली, (एजेन्सी) . भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटमा शतकको खडेरी समाप्त गरेका छन् । अस्टे«लियाविरुद्धको चार खेलको सिरिजअन्तर्गत चौथो टेस्टमा विराटले शतक प्रहार गरेर शतकको खडेरी समाप्त पारे । उनले १ हजार २ सय ५ दिनमा २३ खेल र ४१ इनिङपछि टेस्टमा शतक प्रहार गरेका हुन् । योसँगै उनको अन्तर्राष्ट्रिय क्रिकेटमा ७५ शतकसंख्या भएको छ । यो उनको २८ औं टेस्ट शतक हो भने उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ४६ शतक प्रहार गरेका छन् । एक शतक टी २० अन्तर्राष्ट्रियमा गरेका छन् ।

विराटले लामो समयपछि पुरानै लयमा फर्केको आभाष दिएका छन् । यहाँनेर प्रश्न यो उठ्यो कि के विराटले भारतीय क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमान तोड्ला? सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा कूल १ सय शतक प्रहार गरेका छन् । विराटले उनको कीर्तिमान बराबरी गर्न अझ २५ शतक प्रहार गर्नु आवश्यक रहेको छ । यो कीर्तिमानसम्म पुग्न वा पछि पार्न उनले अझै केही वर्ष खेल्नु जरुरी पनि छ ।
फिटनेसको कुरामा पनि विराट भारतीय युवा खेलाडीको भन्दा राम्रै छ । उनले संन्यास लिने कुनै संकेत पनि देखाएका छैनन् ।

अस्टे«लियाविरुद्ध उनले जसरी खेले यसले लाग्छ उनी अझै क्रिकेटमा सक्रिय नै रहनेछन् । यदि उनले राम्रो खेलिरहेमा उनलाई निकाल्न कसैले आँट पनि गर्नेछैनन् । सचिनले ४० वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेका थिए । राहुल द्रविडले ३९ वर्षसम्म खेलेका थिए । त्यस्तै महेन्द्रसिंह धोनीले ३८ वर्षसम्म खेले । यही क्रम हेर्ने हो भने विराटले अझै ४÷५ वर्ष खेल्नेछन् ।

क्रिकेटको तीनै फरम्याट गरेर विराटले हरेक शतकका लागि औसत ७.३३ इनिङ खेलेका छन् । यो तथ्यांकअनुसार उनले एक सय शतकसंख्या पु¥याउन १ सय ९० इनिङ खेल्न जरुरी हुन्छ । उनले १६ वर्षको करियरमा हरेक वर्ष औसत ३४ इनिङ खेलेका छन् । यो अनुसार उनले १ सय ९० इनिङ खेल्न करिब साढे ५ वर्ष अझै खेल्नुपर्नेछन् । यदि यही लयलाई जारी राखेमा ५ वर्ष होइन, तीन वर्षमै उनी १ सय शतकसंख्यामा पुग्न सक्नेछन् । विराटले २०१७ र २०१८ मा गरी ९९ इनिङ खेलेर २२ शतक बनाए ।