डोटी । सिलगढीस्थित नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । खप्तड क्षेत्रमा हरेक वर्ष जेठ शुक्लपक्ष दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्छ । उक्त अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको भैरवप्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्कीले बताउनुभयो ।
सुदूर पश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सीमाक्षेत्रमा रहेको भू–स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्लपक्षको दशमीमा गंगा दशहरा मेला लाग्ने गर्दछ । सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला) का साथै भलिबल, देउडा, घोडादौड प्रतियोगिता पनि आयोजना गरिने उहाँले जानकारी दिनुभयो । यसपटक दशहरा लागेको जेठ १६ गते प्रतियोगिता शुरु हुनेछ ।
धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरपूर खप्तडलाई म्याराथन प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउन उक्त प्रतियोगिता आयोजना गर्न लागिएको गणपति कार्कीले बताउनुभयो । पुरुषतर्फको म्याराथन प्रतियोगिता खप्तडदेखि सिलगढीस्थित शैलेश्वरी मन्दिरसम्म ४२ किलोमिटर रहनेछ भने महिलातर्फको झिग्र्रानादेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म २१ किलोमिटर रहने जनाइएको छ ।
म्याराथनमा पुरुषतर्फ प्रथम हुनेले रु एक लाख ५० हजार र महिलातर्फ प्रथम हुनेले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै पुरुषतर्फ द्धितीयले रु ८० हजार, तृतीयले रु ५० हजार पाउनेछन् । महिलातर्फ द्वितीयले ३० हजार, तृतीयले २० हजार पाउनाका साथै प्रतियोगितामा सान्त्वनादेखि दशौँ स्थानसम्म हासिल गर्ने प्रतियोगीलाई पनि पुरस्कारका साथै सहभागी अन्य प्रतियोगीलाई कप र प्रमाणपत्रको ब्यवस्था गरिएको नेपाली सेनाको भैरवप्रसाद गणले जनाएको छ ।
यसैगरी भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई रु ५० हजार, द्धितीयलाई रु ३० हजार र तृतीयलाई रु २० हजार पुरस्कार दिइनेछ । घोडा डौडतर्फ प्रथम हुनेलाई रु ३० हजार, द्धितीयलाई रु १५ हजार र तृतीयलाई रु पाँच हजार पुरस्कार दिइनेछ । डेउडा प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । म्याराथन बाहेकका सबै प्रतियोगिता गंगा दशहरा मेलाभन्दा अगाडि सम्पन्न हुनेसमेत जनाइएको छ । गते हुने भएको छ ।











प्रतिक्रिया