एमालेले बखेडा झिकेकै कारण कोसी प्रदेश नामाकरण गरिएको हो : प्रदीपकुमार सुनुवार

0
Shares

ओखलढुंगा । यसअघि प्रदेश सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्र राईलेले प्रदेश–१ को नामाकरण गर्नै नसकेर कार्यकाल सम्पन्न गरे । त्यसयता राजनीतिक खिचातानी, सत्ताको भागबण्डामा रुमलिएको प्रदेश सरकारले आफ्नो पाँच वर्षे कार्यकाल बेनामी प्रदेशमा सिमित राख्यो ।

प्रदेशको नेतृत्वदायी भूमिकामा रहेका मुख्यमन्त्रीद्वय राईमाथि असक्षमताको ट्याग पनि नलागेको होइन । तर, चौतर्फी विरोधका बावजुद हिक्मतकुमार कार्की नेतृत्वको सरकारले प्रदेश १ को नाम कोसी नामाकरण गरेको छ ।

कोसी प्रदेश नामाकरण गरेकोमा आफूहरूले उल्लेख्य कार्य गरेको प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवारले बताए । जलदेवी युुवा क्लव जन्तरखानी ओखलढुंगाले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिता, २ दिने दन्त शिविर र टेन के जन्तर धापम्याराथुन प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सुनुवारले यस्तो बताएका हुन् ।

उनले भने, ‘आफुले जनतामाझ भोट माग्नेबेला प्रदेशको नामाकरण पहिलो र सुशासन दोस्रो प्राथमिकतामा रहने प्रतिवद्धता गरेका थियौँ । जनतामाझ गरेको सोही प्रतिवद्धता आफूहरूले पूरा गरेका छौँ । यसर्थ हाम्रो पहिलो प्रतिवद्धता पूरा भएको छ । अब उप्रान्त हामी जनतामाझ गरेको अर्को प्रतिवद्धता सुशासन हो, यो पूरा गर्ने ध्याउन्नमै छौँ ।’

यो सरकारले गरेको प्रस्तावमा कांग्रसले समर्थन गरेर प्रदेशको नामांकरणमा सरकारलाई साथ नदिएको भए यो कार्यकालमा पनि प्रदेशको नामाकरण गर्न निक्कै कठिन हुने थियो । यहीँ परिस्थिति बुझेर कांग्रेसले प्रदेश नामाकरणमा सरकारले ल्याएको कोसी प्रदेश नाममा समर्थन गरेको सुनवार बताउँछन् ।

अब बन्ने प्रदेश सरकार कांग्रेस–मावोवादी केन्द्रसहित आठ दलीय गठबन्धन सरकार बन्ने छ भने प्रतिपक्षमा एमाले रहने पक्का छ । एमालेले अनेकन् बखेडा झिकेर प्रदेशको नामांकरण गर्ने नदिने स्थिति बुझेर तत्काल कोशी प्रदेश गरेको उनले तर्क गरे ।

जलदेवी समाससेवी युवाक्लबले आफ्नो २५औँ रजतजयन्तीको अवसरमा यहीँ फाल्गुन २५ देखि २८ गते सम्मआयोजना गरेको खुल्ला पुरुष भलिवल प्रतियोगिता, ओम समाज डेन्टल हस्पीटल चावहिलसँगको सहकार्यमा दुई दिने निःशुल्क दन्त शिविर र टेन के जन्तरधाप म्याराथन प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा पुरुष भलिवलमा ईन्द्रवती मैदाने सेवा समाज बी जन्तरखानी प्रथम, जिल्ला प्रहरी कार्यालय ओखलढुंगा द्वितीय, ईन्द्रवती मैदाने सेवा समाज ए जन्तरखानी तृतीय र जनकल्याण युवा क्लवले सात्वाना स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीयलाई २० हजारसहित सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

यसै गरि म्याराथन पुरुषतर्फ रविन बस्नेत प्रथम, जंगवीर राई द्वितीय, सुसन श्रेष्ठ तृतीय र सरेश कुलुङले सान्तोना स्थान हासिल गरे भने महिलातर्फ दिकु शेर्पाले प्रथम, प्रवीना राई दोस्रो, रुमाली मगरले तेस्रो र इन्दिरा मगरले सान्त्वाना स्थान हासिल गरेका थिए ।
यही २७ गते सम्पन्न भएको म्याराथन प्रतियोगितामा कोसी प्रदेशका सभामुख बाबुराम गौतम, सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनाल र चिसंखुगढि गाउँपालिका प्रमुख निशान्त शर्मा समेतले भाग लिएका थिए ।

म्याराथन प्रतियोगिताका संयोजक समाज सेवी दिनेश कुमार मगरलेले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत उच्च हिमश्रृङखलाको दृश्य अवालोकनका लागि म्याराथनको आयोजना गरिएको बताएका छन् ।