सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यान हिरासतभित्र एक जनाले आत्महत्याको प्रयास गरेका छन् ।
जबरजस्ती हाडनाता करणीमा पक्राउ परेका वनगाड कुपिण्डे नगरपालिका १२ का एक ३४ वर्षीय एक पुरुषले हिरासतभित्रै बिलेटले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आज (आइबार) बिहान ८ः३० बजे डिउटीमा खटिएका प्रहरीलाई आँखा छलेर बल्याङकेट ओढेर ओछ्यानभित्र बिलेटले घाटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त व्यक्ति बिहान अवेरसम्म सुतेको र ओछ्यानबाट रगत बगिरहेको देखेपछि तुरुन्तै उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको हो ।
घाँटीमा बिलेटले धेरै रेटिएकोले जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला
बाहिर रिफर गर्न लागिएको प्रहरी निरीक्षक खनालले बताउनुभयो । उनी गत २५ गते जवरजस्ती हाडनाता करणीमा पक्राउ परेका थिए ।
उनले बिलेट कसरी र कहाँबाट ल्याएका हुन् भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रतिक्रिया