काठमाडौं ।
काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेकोपछि पुन: त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । उडान नं.८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।
। विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए । उक्त जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फकाएर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएकाे छ । विस्तृत विवरण आउन बाँकी छ ।











प्रतिक्रिया