टीभी फिल्मी अब नारी टीभी

0
Shares

१४ वर्षदेखि फिल्मी टेलिभिजन च्यानलका रुपमा प्रसारण हुँदै आएको टीभी फिल्मी अब नारी टीभीका रुपमा प्रसारणमा आउन भएको छ।

टीभी फिल्मीमार्फत हामीले १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्यौं। परिस्थिति फेरिँदै जाँदा करिब दुई वर्ष जति सिनेमा नै चलेनन्। त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्यो। कुनै समय थियो जतिबेला टिभी फिल्मी नेपाली सिनेमा, कलाकार, प्राविधिक, वितरकको एक मात्र साझा मञ्च थियो सो टेलिभिजन च्यानलकी अध्यक्ष निकिता पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, आज परिस्थिति बदलिएको छ। अब हामी हाम्रो च्यानललाई नेपाली नारीमा समर्पित गर्न चाहन्छौं। टीभी फिल्मी अब छिट्टै नारी टीभी बनेर आउनेछ। आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ।

चलचित्र विकास बोर्डको अध्यक्षसमेत भइसकेकी पौडेलले विज्ञप्तिमा भनेकी छन् ञनारी टीभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दा अधिकांश नारीमै केन्द्रित रहने छन्। महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उद्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरुलाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीका प्रेरणादायी कथा देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रसारण गरिने छन्। यी कार्यमा पुरुषले सघाउनुपर्नेछ, साथ र हात दिनुपर्नेछ।ु