मिस र मिसेस व्युटिफुलको ट्यालेन्ट शो

0
Shares

दक्ष इन्टरनेसनलको आयोजनामा राजधानीमा हुने एन प्लस प्रोफेसनल मिस एन्ड मिसेस ब्युटिफुल नेपाल २०२३ अन्र्तगतको ट्यालेन्ट शो सम्पन्न भएको छ।

आगामी चैत्र ४ गते राष्ट्रिय नाचघर जमलमा हुने प्रतियोगिताका प्रतियोगीहरूले मिस र मिसेस ट्यालेन्ट उपाधिका लागि हालै राजधानीमा आयोजित ट्यालेन्ट राउन्डमा आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।

मिस ब्युटिफुल नेपाल २०२३ मा सुदीक्ष्ाँ बज्राचार्य, सदीक्षा राई, लक्ष्मी शाही, सन्तोषी रावल, करिष्मा क्षेत्री, विष्णु गुरुङ, सृष्टि ढकाल, ज्योति गिरी, बिपना भट्टराई, आर्जु खड्का र माया बुढाथोकी अन्तिम स्पर्धाका लागि प्रतिस्पर्धा गरिरहेका छन्। त्यस्त, मिसेस ब्युटिफुलमा माया लामा, उषा हमाल, सुनीता पन्हांगो लिम्बू, विद्या श्रेष्ठ, नुमा शेर्पा र अनुराधा पाठक अन्तिम स्पर्धामा भिड्दै छन् ।

ट्यालेन्ट शोमा हास्य कलाकार उत्तम केसी, अभिनेता तथा नृत्य निर्देशक गजित विष्ट, अभिनेत्री तथा सामजसेवी शान्ता कुमारी तामाङ, ब्युटिसियन तथा समाजसेवी इन्दु कुमारी आचार्य, गायक प्रशान्त पाण्डे, गीतकार अशोककुमार पाण्डे र कलाकार प्रेम पाण्डे निर्णायक रहेका थिए। दक्ष इन्टरनेसनलले सन् २०१५ देखि मिस एन्ड मिसेस ब्युटिफुल नेपाल आयोजना गर्दै आएको छ।