राजमो अध्यक्षमा ढुङ्गाना चयन

0
Shares

काठमाडौं । नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्ष पदमा राजेन्द्र ढुङ्गाना चयन भएका छन् ।

बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा तीन दिनसम्म चलेको राजमोको सातौँ जिल्ला सम्मेलनबाट आइतबार ढुङ्गाना अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

अधिवेशनले खिमविक्रम शाहीलाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा भीमलाल पोखरेल दोहोरिएका छन् । सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दीपक थापा चयन भएका छन् ।

राजमो नेकपा मसालको चुनावी मोर्चा हो । दुई पार्टी एक नीति चलाएको राजमो बागलुङको यसअघिका तीन अधिवेशनले जिल्ला अध्यक्षमा अमर थापालाई चयन गरेको थियो ।