लिटिल नेवाःले देखाए कला

0
Shares

नेवार समुदायका बालिकाहरूले मिस लिटिल नेवाः अन्तर्गतको मिस लिटिल ट्यालेन्ट उपाधिका लागि आपूmमा भएका प्रतिभा प्रदर्शन गरेका छन्।

नेप्लिज फेसन होमले नेवार बालिकाको प्रतिभा प्रष्फुटनका लागि हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटिल नेवाः को १४औं संस्करण अन्र्तगतको ट्यालेन्ट शो राउन्डमा आपूmभित्र लुकेर बसेको प्रतिभा प्रदर्शन गरेका हुन्। नेवारी कला, भाषा, संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिता अन्र्तगतको ट्यालेन्ट शो शनिबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो। ट्यालेन्ट शोका सहभागीहरूले आपूmमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकलाई मोहित तुल्याउने प्रयास गरेका थिए।

ट्यालेन्ट शोमा अविषा महर्जन, रोनिशा खड्गी, इच्छा महर्जन, मुखु महर्जन, नुजला सिंं महर्जन, सफिना श्रेष्ठ, सुज्योजी डंगोल, वेदान्शी डंगोल, अनिका महर्जन, सुहिना श्रेष्ठ र लुमना महर्जनले नृत्य, लुन्जला महर्जन, विमिशा डंगोल र रुही महर्जनले कुमारी नृत्य, विपश्वी मानन्धरले जिम्न्यास्टिक, निलिशा जोशी, प्राज्ना महर्जन र निभा कायस्थले चित्रकला तथा ग्रीष्मा राजचलले गायन कला प्रस्तुत गरेर सबैलाई मोहित तुल्याउने प्रयास गरेका थिए।

महिला उद्योमी तथा साहित्यकार अञ्जना ताम्राकारको प्रमुख आतिथ्यता तथा कार्यक्रम आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष तथा समाजसेवी हेमा मानन्धरको सभापतित्वमा सम्पन्न शोमा लिटिल नेवाः आर्या श्रेष्ठ, समाजसेवी सुरबहादुर श्रेष्ठ, किड् क्विन अपेक्षा शेरचन र समाजसेवी अनु शेरचनको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट शोमा विश्व क्योकुसिन सेइसिन काई कराते महासंघका उपाध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोककुमार श्रेष्ठ, पत्रकार तथा साहित्यकार सिर्जना दुवाल, महिला उद्योमी तथा समाजसेवी रेश्मा श्रेष्ठ, मिस नेवाः २०२२ शलिना महर्जन, फेसन डिजाइनर तथा नायिका शोभा महर्जन र पूर्व मिस नेवाः रेजिशा डंगोल निर्णायक रहेका थिए। कार्यक्रम मिस नेवा ः नेपाल २०२० नितु डंगोलले सञ्चालन गरेकी थिइन्।

१४ वर्ष मुनिका १९ जना नेवार बालिकाले अन्तिम स्पर्धा गर्ने प्रतियोगिता मिस नेवा ः नेपाल २०२१ कृषा महर्जनको संयोजन र प्रदिका महर्जनको उपसंयोजन तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जन र उपविजेता प्रिया तण्डुकारको कोरियोग्राफीमा सम्पन्न हुनेछ।