अनलाइनबाट लाखौँ रकम ठगी गर्ने पक्राउ

0
Shares

काठमाडौं । अनलाइनबाट सात लाखभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनलाइनमा लगानी गरे दोब्बर नाफा हुने भन्दै ठगी गर्ने जुम्ला चन्दननाथ नगरपालिका ६ घर भई हाल काठमाडौं नरेफाँट बस्ने २४ वर्षीय राज रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रोकायाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत अनलाइनमा रकम लगानी गरे दोब्बर हुन्छ भन्दै इसेवा, खल्ती, वालेटमा रकम पठाउन लगाइ ठगी गरेपछि रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रकम पठाउनेहरुलाई नाफाका लागि फारम लगायत फाइदा आएको रकमबापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, सरकारी कर लगायतका प्रयोजनमा रकम तिर्नुपर्छ भनी थप रकम लिएर ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।

रोकायाले अहिलेसम्म विभिन्न व्यक्तिसँगबाट ७ लाख ७५ हजार रुपैयाँ ठगेको प्रहरीको दाबी छ ।