म्याडोना ३५ वर्ष कान्छोसँगको प्रेममा

0
Shares

हलिउड पप स्टार म्याडोना आफूभन्दा ३५ वर्ष कान्छोसँगको प्रेममा परेकी छन्।

एजेन्सीले जनाएअनुसार म्याडोना २९ वर्षीय बक्सिङ कोच जोश पपरका साथ डेट गरिरहेकी छन्। म्याडोना उमेरले हाल ६५ वर्षकी भइन् भने उनीहरूको उमेर अन्तर ३५ वर्ष छ। जोश न्युयोर्कमा रहेको आफ्नो जिम सेन्टरमा म्याडोनाका ६ जना बच्चामध्ये एकलाई जिमको टे«निङसमेत दिन्छन्।

हालै म्याडोनाले जोशका साथ आफ्ना केही तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा समेत पोस्ट गरेकी थिइन्। माडेल तथा आफ्नो पूर्वप्रेमी २३ वर्षीय एन्ड्रुडर्नेलका साथ अलग भएको केही समयमा नै म्याडानोको नयाँ पमे्र चर्चा सुरु भएको हो। म्याडोनाको अन्य केही व्यक्तिसँग प्रेम र दुई विवाह भएको थियो।

उनको पहिलो विवाह अमेरीकी अभिनेता तथा निर्देशक सिन प्यानका साथ भएको थियो। उक्त विवाहको तीन वर्षपश्चात् उनीहरूको सम्बन्धविच्छेद भएपछि म्याडोनाले सन् २००० मा अमेरिकी निर्देशक गायक रिचीका साथ दोस्रो विवाह गरेकी थिइन्। जुन २००८ मा टुट्यो। म्याडोनाले केही अन्र्तवार्तामा विवाह गरेकोमा पश्चाताप भएको बताएकी थिइन्।