कालिकास्थानमा ६५ दिने निःशुल्क मोबाइल मर्मत तालिम हुँदै

0
Shares

रसुवा । रसुवाको कालिका गाउँपालिकाको कालिकास्थामा ६५ दिने निःशुल्क मोबाइल मर्मत तालिम हुने भएको छ ।

वागमती प्रदेशको सामजिक विकास मन्त्रालयको युवा परिषद्को आर्थिक सहयोग तथा कान्तिपुर बहुप्राविधिक शिक्षालय चितवन प्रालिको आयोजनामा आज (आइतबार)देखि आगामी वर्षको जेठ ३ गतेसम्म मोबाइल तालिम सञ्चालन हुने भएको हो ।

वागमत िप्रदेशसभा सदस्य ईन्द्र गौतमले अहिलेको आधुनिक युगमा सीपको आवस्यकता रहेकोले सीप विकासको लागि बजेट विनियोजनको लागि आफूले पहल गर्ने बताउनु भयो ।

कार्यक्रम लैङ्गकि समानता तथा सामाजिक समाबेशिकरण अन्तर्गत ५ वटै वडाबाट युवा युवतीको सहभागितामा तालीम शुरु गरिएको युवा समिति रसुवाका अध्यक्ष अविनाश तामाङले बताउनु भयो ।

युवा युवतीलाई सीपमा दक्ष बनाइ स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएकोले पालिका अध्यक्ष हरिकृण्ण देवकोटाले बताउनु भयो । सीपमात्रै सिकाउने भन्दा पनि आम्दानीको मुख्य स्रोत बनाउने लक्ष्य अनुरुप यस्ता कार्यक्रमले हौसला प्रदान गर्ने देवकोटा बताउँनु हुन्छ ।

सीप सिक्नुका साथै आर्थिक आम्दानी बढाउन सञ्चालन गरिने यो तालिम अति आवश्यक भएको अध्यक्ष देवकोटाले वताउनु भयो । मोवाईल मर्मत तालिममा २० जना युवायुवतीहरू सहभागी हुनेछन् ।