काठमाडौं ।
पुर्वराजा ज्ञानेन्द शाहको परिवार अकस्मात साताब्यापी भारत भ्रमणमा गएका छन् । सोमबार दिउँसो पुर्वराजा ज्ञानेन्द्र, पुर्वरानी कोमल, छोरी प्रेरणा, धिरेन्द्र पुत्रीद्धय दिलासा र सिताष्मा , निजी सचिव सागर तिमिल्सना लगायत झण्डै १० जनाको टोली सिलगढी पुगेका छन् ।
निजी भ्रमण भन्दै सोमबारमात्र सुरक्षादस्तालाई जानकारी गराएर ज्ञानेन्द्र परिवार सिलगुढी पुग्नुभएको हो । सिलगुढीभन्दा केही पर पश्चिम बंगालको एक चियाबगानमा बस्नेगरी सपरिवार जानुभएको हो–स्रोतले भन्यो ।
त्यहा बसाईका क्रममा केही राजनीतिक भेटघाट हुनसक्ने स्रोतको दाबी छ । सुरक्षाकर्मी विनानै पश्चिमबंगालको चियाबगान पुग्नुभएका पुर्वराजाले भारतका केही नेतासंग भेटघाट गर्नसक्ने सम्भावना रहेको स्रोतको भनाई छ ।
शुरुमा केही दिन पछि जाने कार्यक्रम थियो, अकस्मात सोमबारै भारत पुग्नुभएको छ । पछिल्लो समयमा राजनीतिमा सक्रिय देखिन थाल्नुभएका ज्ञानेन्द्रले राजतन्त्र सहितको प्रजातन्त्रको पक्षमा खुलेरै लाग्नुभएको छ । प्रजातन्त्र दिवसको दिन जारी विज्ञप्तिमा सबै एक भएर जानुको विकल्प नभएको बताउनुभएको थियो ।
त्यसपछि दुर्गा प्रसाईले आयोजना गरेको हिन्दुधर्म बचाउ र राजा ल्याउनुपर्छ भन्ने अभियानको प्रमुख अतिथि बन्दा आलोचना खेप्नुपरेका ज्ञानेन्द्रले राजनीतिमा सक्रियता खोजेको देखिएको छ ।
मंसिर ६ गतेदेखि झापामा रहदै आउनुभएका पुर्वराजा ज्ञानेन्द्रले पत्नी कोमलको जन्मत्सोब झापामा मनाउनुभएको थियो । हिन्दुराज्य र राजतन्त्रको माग बलियो रुपमा उठाउन राजावादीलाई गोप्य रुपमा दवाव दिनुभएका ज्ञानेन्द्रले झापा बसाईका क्रममा राप्रपाका उच्च तहका नेता तथा कार्यकर्तालाई भेट दिनुभएको थियो ।
कहिले चितवन त कहिले जनकपुर र सिमरा आउँदैजाँदै गर्नुभएका ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगको भेटमा हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो अडानलाई संसदमा कडारुपमा उठाउन आग्रह गर्नुभएको छ ।
यसअघि क्रिसमस बनाउन चितवन पुगेका पुर्वराजा ज्ञानेन्द्रले सांसद विक्रम पाण्डे, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, बुद्धीमान तामाङ, ज्ञानेन्द्र शाहीले चितवनमा भेट गर्नुभएको थियो । राप्रपा सांसद दीपक सिंहले सिमरामा भेट गर्नुभएको थियो ।











प्रतिक्रिया