प्रधानमन्त्रीले आजबाट मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल शुरू गर्दै

0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको लागि छलफल गर्ने भएका छन् ।

सरकारबाट नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहिरिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारीका लागि आज (मंगलबार)देखि छलफल शुरु गर्ने भएका हुन् ।

प्रधानमन्त्रीले आजदेखि मन्त्रिपरिषद् पुनर्गठनका लागि आठ दलीय गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने बताइएको छ ।

आठ दलीय गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरुको बैठकबाटै टुंगो लगाइने बताइएको छ ।