लुटपाटमा घाइते भएका बृद्धको मृत्यु

0
Shares

धादिङ । बृद्धभत्ताका लागि बृद्धको हत्या गरिएको छ ।

धुनीबेसी नगरपालिका ७ मा रहेको निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका धुनीबेसी नगरपालिका ६ का ८४ वर्षीय बलराम उप्रेतीको बृद्धभत्ता लुटेर हत्या गरिएको हो ।

अघिल्लो दिन बृद्धभत्ता बुझेका उप्रेतीलाई माघ १० गते राति धुनीबेसी नगरपालिका–६ का ३७ वर्षीय पुरुषोत्तम बानियाँले कुटपिट गरि भत्ता रकम लुटेका थिए ।

बृद्धको छिमेकी र प्रहरीको सहयोगमा उद्धार गरि काठमाडौंस्थित नेपाल भारतमैत्री अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा उपचारकै क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपि सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

घटनापछि आरोपित फरार भएका थिए । प्रहरीले आरोपितलाई धुनीबेसी नगरपालिका ६ चालिसेबाट गिरफ्तार गरि सोमबारे जिल्ला अदालतमा पेश गरेकोमा जिल्ला अदालतको आदेशले अनुसन्धानका लागि १० दिन हिरासतमाराख्न आदेश दिएको छ ।