डीआईजी ज्ञावालीले फर्जी उमेर पेश गरेर प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियारमा उजुरी

0
Shares

काठमाडौँ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञावालीले फर्जी उमेर पेश गरेर प्रहरी सेवामा प्रवेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

डीआईजी ज्ञवालीको नागरिकतामा जन्ममिति वि.सं २०२४ चैत्र २१ गते र नेपाल प्रहरीको सिट रोलमा जन्ममिति वि.सं २०२५ भदौ २६ गते देखिएकाले आवश्यक अनुसन्धान गर्न माग गर्दै शेरबहादुर चन्दले आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।

उजुरीकर्ता चन्दले मुख्य सचिव, गृहमन्त्रालय र प्रहरी महानिरीक्षकसमक्ष उजुरीको बोधार्थ पेश गरेका छन् ।