चितुवाको हड्डीसहित २ जना पक्राउ

0
Shares

डडेल्धुरा । डडेलधुरामा चितुवाको हड्डीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका–७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।