राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका गाउँपालिकालाई



रसुवा । जिल्लामा सञ्चालन भएको १०औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका गाउँपालिकाले हात पारेको छ । उक्त शिल्ड १५ स्वर्णसहित २४ पदक जितेर कालिका गाउँपालिकाले उपाधि हात पारेको हो ।

कालिका हिमालय विद्यालय कालिकास्थानस्थित खेल मैदानमा फागुन ११, १२ र १३ गतेसम्म प्रतियोगिता चलेको थियो ।

यस्तै गोसाईकुण्ड गाउँपालिका २१ पदकसहित प्रतियोगितामा दोस्रो बनेको छ । गोसाईकुण्डले ४ स्वर्ण, ९ कास्य र ८ रजत पदक प्राप्त गरेको छ ।

त्यसैगरी नौ कुण्ड गाउँपालिका तेस्रो बनेको छ । उसले ४ स्वर्ण, ७ कास्य र ११ रजत गरी २२ पदक प्राप्त गरेको छ ।

सान्त्वना उत्तरगया गाउँपालिका बनेको छ । उत्तरगयाले ४ स्वर्ण, ३ कास्य र ७ रजत गरी कूल १४ पदक पाएको छ । आमाछोदिङमो ४ रजत पदक हात पारेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिनुभयो ।

खेलकुदमा सहभागी भएका सम्पूर्ण खेलाडी विद्यार्थीहरुलाई शुभकामना दिँदै विजय हुँदा मातिने र पराजित हुँदा आतिने गर्नुहुँदैन, पराजित हुँदा आगामी दिनहरुमा कसरी विजय हुन सकिन्छ । त्यसतर्फ लाग्नु र विजय हुनेहरुले आगामी दिनका खेलहरुमा कसरी विजय हासिल गर्न सकिन्छ । त्यसतर्फ लाग्नुपर्ने र खेलकुदको माध्यमबाट हामीले हाम्रो समाजभित्र भई रहेका कुप्रथा, कुसंस्कार लगाएतका बिभिन्न किसिमका कुलतहरुमा संग्लन रहेका युवा युवतीहरुलाई खेलकुदबाट परिबर्तन गर्नसक्ने एउटा माध्यम बन्नसक्छ खेलकुदसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्