राष्ट्रपतिमा माधव नेपालको सहमति खोज्न कांग्रेस र एमालेसँग छलफल

0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय राष्ट्रपतिमा प्रस्ताव गर्दैै नेपाली कांग्रेस र नेकपा (एमाले)सँग आज छलफल गर्ने भएका छन् ।

हिजो साँझ बसेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच भएको भद्र सहमति अनुसार भावी राष्ट्रपतिका लागि नेपालको नाममा सहमति खोज्न कांग्रेस र एमालेसँग छलफल गर्ने भएका हुन् ।

माओवादी संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकले नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको थियो, सोही सहमति अनुसार अन्य दलसँग सहमति खोज्नका लागि छलफल हुन लागेको नेताहरुले बताएका छन् ।