सृष्टिकर्ताले दुःख पनि राखेका छन् अनि सुख पनि राखेका छन् । दुःख सिर्जना गर्नु आवश्यक हुँदैन । जहाँ सुख हुँदैन त्यहाँ दुःख हुन्छ । अँध्यारो उत्पन्न गर्न आवश्यकता पर्दैन । मानिसहरूको बुझाइ त के छ भने सृष्टिकर्ताले नै अँध्यारो बनाएका हुन् । उनले अँध्यारो निर्माण गरेका होइनन्, प्रकाशको रचना गरेका हुन् । अनि, जहाँ प्रकाश हुँदैन त्यहाँ अँध्यारो हुन्छ । अज्ञानता आपैmँमा कुनै चीजै होइन । जहाँ ज्ञान हुँदैन त्यहाँ अज्ञानता हुन्छ । तपाईँको जीवनमा आनन्द छ कि दुःख छ भन्ने कुरा पनि तपाईँमाथि नै निर्भर रहन्छ । मेरो जीवनमा सुख छ कि दुःख छ ! त्यसको जिम्मेवार पनि मै हुँ । ती सृष्टिकर्ता होइनन् । कतिपय मानिसहरू भन्ने गर्छन्, ‘कर्मको फल हो’ । यदि यस्तो हो भने छिटो–छिटो राम्रो–राम्रो काम गर्नुहोस् अनि यो शरीरलाई छोड्नुहोस् ! के हो राम्रो काम ? दस–बीसवटा भैँसीलाई रोटी खुवाउनुहोस् अनि छिटोछिटो यो संसारलाई छोड्नुहोस् । होइन । तपाईँ जीवित हुनुहुन्छ । के यो राम्रो कर्म होइन र ? एकजना त्यस्ता मानिस पनि छन् जसले यो संसारबाट बिदा हुँदै गर्दा भन्नेछन्, ‘हे सृष्टिकर्ता ! तपाईँलाई लाखौँलाख धन्यवाद !’ अनि, अर्का त्यस्ता पनि छन् र तिनले बिदा हुँदै गर्दा भन्नेछन्, ‘मेरो यो पनि अधुरै रह्यो । मेरो त्यो पनि अधुरै रह्यो ।’ जो मानिस आफ्नो बुद्धि–सुद्धी सबैलाई भुलेर मायाका पछि दौडिएको छ, अज्ञानताका पछि दगुरेको हुन्छ नि उसलाई दुःख नै त प्राप्त हुन्छ । कहिले हुन्छ ? अहिले हुन्छ । अनि, कस्तो खालको दुःख हुन्छ त ? उसले आपूmलाई सुखी छु भनेर सम्झिरहँदा पनि ऊ दुःखी नै हुन्छ । यस्तो प्रकृतिको दुःखको अनुभव कहिल्यै गर्नुभएको छ ? त्यसमा तपाईँले त ‘म सुखी छु’ भनेर सोच्नुहुन्छ तर दुःख नै भइरहेको हुन्छ ।
जीवित हुनु कति शक्तिशाली कुरा हो । अनि, मृत्यु पनि त कति शक्तिशाली कुरा हो । दुवै कुरा । अनि, यो आइरहेको र गइरहेको श्वासका बीचको समयले सम्पूर्ण मृत्युको परिस्थितिलाई छेकिदिएको छ । तपाईँले आफ्नो श्वासलाई पहिचान गर्न सक्नुभएन । यही श्वासका कारणले नै त तपाईँ जीवित हुनुहुन्छ । हामीलाई श्वासको महत्त्व नै थाहा छैन । तपाईँ जन्मनुभयो किनभने श्वास चलिरहेको थियो । तपाईँको नामाकरण पनि भयो । तपाईँले आजसम्म आफ्नो जीवनमा जे–जे गर्नुभयो त्यो सबै काम गर्नुको मूल कारण नै तपाईँमा श्वास आइरहेको छ । अनि, तपाईँले यो श्वास चलिरहेको समयसम्ममा मात्रै सबै कुरा गर्न सक्नुहुन्छ ।
यो पृथ्वी अरबौँ वर्ष पुरानो हो । यो पृथ्वीको प्रारम्भमा तपाईँ के हुनुहुन्थ्यो ? धूलो ! वैज्ञानिकको भनाइका आधारमा यो पृथ्वी करिब पाँच र पन्ध्र अर्थात् बीस अर्ब वर्षसम्म रहनेछ । त्यसपश्चात् यो पनि धूलै हुनेछ ।
आइन्स्टाइनले एउटा कुरा के भनेका छन् भने जे–जे सृजना हुन्छन्, जति पनि सिर्जना गरिएको छ त्यसको विनाश पनि निश्चित छ । त्यो नष्ट हुनेछ । तपाईँ जे–जे देखिरहनुभएको छ– तारा, ग्रह सबै कुरा देखिरहनुभएको छ नि ! ती सबैको नष्ट हुने कुरा निश्चित छ । पृथ्वी पनि नष्ट हुनेछ । चन्द्रमा नष्ट हुनेछ । सबै चीजको अन्त्य हुनेछ । तपाईँ त एकदमै थोरै समयका लागि जीवित हुनुहुन्छ । तपाईँ पत्र–पत्रिकाहरूतिर हेर्नुहोस्– ‘त्यहाँ यस्तो भइरहेको छ, त्यहाँ त्यस्तो भइरहेको छ । त्यहाँ मानिसहरूलाई मारिरहेका छन् । त्यहाँ फलानाले यसो गरिदियो । तिनले त्यसो गरे ।’ पूरै पत्रिका पढ्नुभयो भने सत्य कुरा एउटै मात्र हुन्छ– यो जति पनि जथाभावी भइरहेको छ नि, त्यो सबै लालचका कारणले नै भइरहेको छ । लोभ– त्यसका बारेमा त कसैले पनि कुराकानी गर्न चाहँदैन तर त्यसैका कारण यी सबै कुरा हुन्छन् र भइरहेको पनि छ । अनि, तपाईँ त मस्तसँग होसहवासै हराएर अज्ञानताका पछि दगुरिरहनुभएको छ । त्यसलाई नियन्त्रण गरेर जित्नेछु भनी जसरी दगुर्नुभएको छ । तर, होइन । तथापि, तपाईँमा त्यो शक्ति छ । तपाईँ बुझ्न सक्नुहुन्छ । त्यसलाई प्रयोग गर्नुहोस् । आफ्नो जीवनलाई सफल बनाउनुहोस् । मौका यही हो । पछि त आखिर धूलो नै बन्नु छ । यो हुन्छ । कहिले हुन्छ ? कसैलाई पनि थाहा छैन ।
तपाईँ धेरै मिहिनेत गर्नुहुन्छ । पैसा कमाउने कोशिश गर्नुहुन्छ । यसो गर्नुको तात्पर्य नै तपाईँले आफ्नो आवश्यकतालाई पूरा गर्न सक्नुहोस् भन्ने हो । तपाईँ पैसा कमाउने कोशिश त गरिरहनुभएको छ अनि जहिलेसम्म तपाईँ धन आर्जन गर्न सक्नुहुन्छ, आर्जन गरिरहनुहुनेछ पनि । हिजोआज त मानिसहरू अवकाशपश्चात् पनि व्यापार शुरु गर्छन् अर्थात् अरू केही काम गर्न थाल्छन् । अवकाश हुन्छ भन्ने कुरा नै रहेन । कमाउनुुहुनेछ तर आपूmसँग पहिलादेखि नै भएको चीजको कमाइचाहिँ गरिरहनुभएको छैन ।
कतिपय मानिसहरूको जीवन साँच्चै मरुभूमिजस्तै हुन्छ । केही पनि उम्रिरहेको हुँदैन, तसर्थ उनीहरू केही उम्रियोस् भन्ने चाहना राख्छन् । त्यस मरुभूमिमा उम्रने थुप्रै बिरुवाका बीजहरू पनि हुन्छन् । तिनलाई देख्न सकिँदैन, किनभने त्यसका लागि पानी पर्नुपर्ने हुन्छ । वर्षात भएपछि बालुवामा भएको बीज पनि फुल्न थाल्छ । फल्न थाल्छ अनि त्यो मरुभूमिमा पनि सुन्दर–सुन्दर पूmल फक्रिन थाल्छ ।
तपाईँ त्यो माछोजस्तो हुनुहुन्छ, किनभने तपाईँ पानीमा रहेर पनि तिर्खालु हुनुहुन्छ । तपाईँलाई जुन चीजको तिर्खा लागेको छ त्यो तपाईँभित्रै छ । तपाईँ अन्य चीजहरूबाट विछोडिन सक्नुहुन्छ तर त्यस चीजबाट टाढिन सक्नुहुन्न । यसर्थ जबसम्म त्यस चीजलाई चिन्नुहुन्न, त्यस चीजलाई बुझ्नुहुन्न, तपाईँको जीवनमा शान्तिको महत्त्व के छ ! तपाईँको जीवनमा ज्ञानको महत्त्व के छ ! चाहे जोसुकै भए पनि तबसम्म हामीभन्दा बढी बहाना बनाउने अरू कोही हुँदैन । हामी जे–जे गर्छौँ त्यो हामीलाई मन पर्दैन । कतिपय मानिसहरू नोकरीका लागि अन्तर्वार्ता दिन गएका हुन्छन् । यदि नोकरी पाइने पक्का भयो भने त्यस बेला उनीहरू आपूmले आपूmलाई भाग्यशाली
सम्झन्छन् । त्यसपछि हरेक दिन बिहान–बिहानै उठ्नुपर्ने हुन्छ । त्यही कुराले हामीलाई दिक्क लाग्छ । यसो गर्नु छ, त्यसो गर्नु छ ।
सबैभन्दा पहिला त शान्ति के हो भनेर थाहा पाउनु आवश्यक छ । अनि, शान्तिका बारेमा मानिसहरूको आ–आफ्नै परिभाषा हुन्छ ।
यदि कसैको भैँसी हरायो भने उसका लागि शान्तिको अर्थ भैँसी भेटिनु हो । यदि कसैको जागिर गयो भने उसका लागि नोकरी प्राप्त गर्नु नै शान्ति हो । कसैको छोराछोरी हराए भने उसका लागि हराएको सन्तान भेटिनु नै शान्ति हो ।
वास्तवमा शान्ति के हो ? सबैभन्दा पहिला हामीले हेर्नुपर्ने कुरा के हो भने हाम्रा स्वप्नाहरू बाहिरतिरका कुरा हुन् । तथापि, भित्रतिर गहिरिएर हामीले हे¥यौँ भने एउटा शान्ति हामी सबैको हृदयमा पहिलादेखि नै विद्यमान छ । हामीले जबसम्म हामीभित्रै रहेको त्यो शान्तिलाई प्राप्त गर्दैनौँ, जबसम्म हामीले हाम्रो जीवनमा त्यसलाई महसुस गर्दैनौँ तबसम्म हामीले बाहिर जस्तोसुकै माहोल निर्माण गरे पनि त्यो शान्तिलाई हाम्रो जीवनमा स्थापित तुल्याउन सक्दैनौँ । यो सबैभन्दा बढी विचारणीय कुरा हो ।
शान्ति हामीभित्र पहिलादेखि नै छ । यदि कुनै भाँडामा दूध छ र हामीलाई दूध चाहिएको छ भने हामीले के गर्नुपर्छ ! भाँडोको बिर्कोलाई खोलेर त्यो दूधलाई पिउनुपर्छ । किनभने, त्यो भाँडैमा हुन्छ । हो, यस्तै प्रकारले हामीले ‘म को हुँ’ भनेर जान्नु आवश्यक छ । हामी कसरी आपूmभित्रसम्म पुग्न सक्छौँ र हाम्रो जीवन के हो ?
यदि कोही मानिस मेरो घरमा आए अनि उनलाई एउटा पानीको गिलास दिएर भनौँ, ‘यो लिनुहोस्, पानी पिउनुहोस् !’ हुन सक्छ, उनले ‘अहिले मलाई तिर्खा लागेको छैन’ भन्लान् । तथापि, यदि तिनै मानिस तिर्खालु छन् भने जसै पानीको गिलास उनीतिर अघि सारिन्छ, उनले त्यसलाई लिएर पानी पिउँछन् । उनले ‘पानी दिनु किन आवश्यक छ र !’ भनेर प्रश्न सोध्दैनन् ।
जबसम्म हामी आफ्नो जीवनमा शान्तिको तिर्खालाई महसुस गर्दैनौँ तबसम्म यो प्रश्न एकदमै जटिल हुन्छ । किनभने, यो प्रश्नले के भन्छ भने ‘मलाई तिर्खा लागेको छैन । यसकारण म यो प्रश्न सोधिरहेको छु ।’ वास्तवमा त्यो शान्तिको तिर्खा महसुस हुन थाल्यो भने मानिसहरू ‘शान्ति किन आवश्यक छ ?’ भनेर प्रश्न सोध्दैनन् ।
यसर्थ यो जीवनमा यदि कुनै साँचो आनन्द छ भने त्यो तपाईँको साथमा रहनेछ । अनि यी स–साना कुरा रहँदैनन् । त्यसलाई तपाईँले आपैmँसँग लैजान सक्नुहुन्छ । यदि तपाईँको हृदयको भाँडो पूर्ण भएको छ भने त्यसको सन्तुष्टिलाई तपाईँले आफ्नो साथमा लैजान सक्नुहुन्छ । यसर्थ यसको केही प्रबन्ध गर्नुपर्ने हुन्छ । यदि त्यो तिर्खा महसुस भयो भने– त्यो शान्तिको अनुभव गर्नु, त्यसको पूर्णतालाई महसुस गर्र्र्नु अनि आफ्नो जीवनमा आनन्दलाई महसुस गर्नु किन आवश्यक छ भन्ने कुरा हामीलाई बोध हुनेछ । किनभने, शान्ति वास्तवमा नै सम्भव छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)
प्रतिक्रिया