माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै

0
Shares

काठमाडौँ ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ । दिउँसो ३ बजे बालुवाटरमा तीन पार्टीको बैठक बस्न लागेको हो।

बैठकमा राष्ट्रपतिको निर्वाचन र भावी सत्ता समीकरणबारे छलफल हुने बताइएको छ।

यसअघि माओवादी र एकीकृत समाजवादीबीच छलफल भएको थियो ।

आजै साँझ ५ बजे कांग्रेससहित माओवादी, एकीकृत समाजवादी र जसपाबीच छलफल गर्ने तयारी छ ।