राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीले भेट्दै

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग भेट्ने भएका छन् । बिहीबार दिउँसो साढे १ बजे प्रधानमन्त्रीले उक्त टिमलाई भेट्ने कार्यक्रम तय गरिएको बताईएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यसै साता सम्पन्न त्रिकोणात्मक शृंखला नेपालले क्लिन स्वीप गरेको थियो । यसले नेपालको एकदिवशीय मान्यता कायम रहने सम्भावना प्रवल बनाएको थियो ।

नेपाली टिम अर्को शृंखलाका लागि शनिबार युएई जाँदैछ । जहाँ नेपालले १५–२२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।