मतदाताविरुद्ध उजुरी दिन सकिने

0
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने भएको छ ।

बिहीबार निर्वाचन आयोगले जानकारी दिए अनुसार नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने छ ।

शुक्रबार अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका उल्लेख गरिएको छ ।

१३ गते उम्मेदवारी दर्ता हुनेछ भने राष्ट्रपति निर्वाचन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।