सुर्खेतमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

0
Shares

सर्खेत । सुर्खेतमा गोली लागेको अवस्थामा एक जना प्रहरी जवान मृत फेला परेका छन् । प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार यो घटना आज बिहान २ः५६ बजे तिरको हो । विक ड्युटीमै भएको अवस्थामा यो घटना घटेको उनी बताउँछन् ।

उनको अहिले शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इन्सपेक्टर सोनारले जानकारी दिइन् ।