‘मिसन ग्रासरूट’मा ‘हिन्दुराष्ट्र’को प्रस्ताव

0
Shares

हेटौंडा । ‘मिसन ग्रासरुट’ अभियानलाई सफल बनाउन आयोजित मकवानपुर जिल्ला कमिटी बैठक नेकपा (एमाले) स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कमिटीका नेताहरु समेतको सहभागिता रहने अभियान बैशाख ६ गते समापन हुनेछ । अभियानले जनताको घरदैलोसम्म पुगेर सदस्यता नवीकरण, वितरण र पार्टी कमिटीलाई सुचारु बनाउने निर्णय बैठकले गरेको छ ।

बैठकमा हिन्दुराष्ट्र कायम, नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्ताव अगाडि बढाउन, समानुपातिक र आरक्षण वर्गीय आधारमा गर्न, पञ्चायतकालदेखि लाभको पदमा रहेका नेता र अन्यको सम्पत्ति छानबिन, एमालेको शत्रु र मित्र एकिन गरी तत्कालीन कार्यनीति प्रष्ट हुन छलफलका लागि प्रस्ताव पेश गरिएको छ ।

केन्द्रीय बन तथा वातावरण विभाग सदस्य, मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य, प्रचार विभाग प्रमुख एवम् प्रगतिशील पेशागत् कानुन व्यवसायी एसोसिएसन केन्द्रीय सदस्य ध्रुवप्रसाद चौलागाईंले नेपालको भावी राजनीति यी कुराहरुमा केन्द्रित रही अगाडि बढ्ने भएकाले यी कुराहरुमा प्रष्ट हुनु आवश्यक रहेको पार्टी जिल्ला कमिटी बैठकमा प्रस्तावका रुपमा पेश गर्दै उक्त प्रस्तावहरु पार्टी जिल्ला कमिटी र केन्द्रबाट अभियानमा खटिएका अभियानकर्तामार्फत् केन्द्रीय कमिटीमा छलफल गरी निष्कर्ष निकाल्न माग गर्नुभएको छ ।

बैठकमा पेश भएको प्रस्तावआनुसार नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत् सञ्चालन गर्न लागिएको संगठन सुदृढीकरण अभियान अत्यन्त महत्वपूर्ण रहेको भन्दै २०४६ सालअघि गणतन्त्रप्राप्तिका लागि विभिन्न संघर्ष र बलिदान गरिए पनि हाल गणतन्त्र प्राप्त भइ यसलाई संस्थागत् गर्ने समयमा मुल लक्ष्यप्राप्ति गर्ने दिशातर्फभन्दा २०४६ सालको आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने आशंका रहेकाले यसतर्फ प्रष्ट धारणा बनाउन छलफल हुनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

नेपालको संविधानमा धर्मनिरपेक्ष हुने कुराले सबै धर्मको सम्मान भएको छ । तर, आमरुपमा संविधानमा भएको धर्मनिरपेक्षतालाई कायम राख्दै नेपाललाई विश्वका हिन्दुको धार्मिक पर्यटकीय देश बनाउन हिन्दुराष्ट्र बनाउ“दा कहींकसैलाई असर पर्ने नभएकाले नेपालाई धर्मनिरपेक्षतासहित हिन्दुराष्ट्र घोषणा गर्नुपर्दछ भन्ने कुरामा छलफल होस्,’ प्रस्तावमा भनिएको छ ।

भुपरिवेष्ठित नेपाल दुई शक्तिशाली छिमेकी राष्ट्र र अन्य राष्ट्रस“ग हातहतियारले युद्ध गर्नसक्ने नभएकाले नेपालाई शान्तिक्षेत्र घोषणा गर्न तत्कालीन राजा वीरेन्द्रको प्रस्तावलाई १ सय ३० राष्ट्रले अनुमोदन गरिसकेकाले नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्ताव ब्य“ुताएर अन्य देशको समर्थन लिने कुटनीतिक प्रयास अगाडि बढाए वैदेशिक हस्तक्षेप कम गर्न सकिने हुँदा उक्त विषयमा छलफल माग गरिएको छ ।

‘संविधानमा रहेको समानुपातिक र आरक्षण व्यवस्थाले संविधानको भावनालाई आत्मसात् गर्न सकेको छैन । कम्युनिष्टले वर्गउत्थानका लागि आन्दोलन र संघर्ष गर्ने हो, जातीय होइन । त्यसैले सबै जातजातिमा वर्ग छ । हाल आरक्षण र समानुपातिकका नाममा हुनेखाने वर्गको हालीमुहाली छ,’ प्रस्तावमा गरिब, सर्वहारा र आर्थिक अवस्था कमजोर रहेका वर्गले कहिल्यै अवसर प्राप्त गर्न नसकेकाले आमनागरिकको वर्गीय आधारमा आरक्षण र समानुपातिक अवसरको वितरण गर्नु आवश्यक रहेको उल्लेख छ ।

हाल आरक्षण र समानुपातिकताका नाममा आफन्त र नजिककालाई अवसर प्रदान गरिएको छ भने समानुपातिक र आरक्षणको खिल्ली उडिरहेको अवस्थामा वर्गीय आधारमा आरक्षण र समानुपातिक कोटा निर्धारणको पहल आवश्यक रहेको चौंलागाईंले उल्लेख गर्नुभएको छ ।

आमरुपमा २०४६ सालपश्चात् राजनीतिक नेतृत्वमा पुगेर अवसर प्राप्त गर्ने केही मानिसका अप्रत्याशितरुपमा आर्थिक प्रगति भएको कुराले राजनीति सेवा हो कि धनआर्जन गर्ने माध्यम हो भन्ने कुरा आमरुपमा उठिरहेको भनिएको प्रस्तावमा पञ्चायतदेखि हालसम्म राजनीति गरिरहेका सरकारी लाभको पदमा रही अप्रत्याशित आर्थिक उन्नति भएकाहरुको सम्पत्ति छानबिन गर्न सम्बन्धित निकायमा उजुरी गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै यसतर्फ ठोस कदम चाल्न सके आमजनमानसमा सकारात्मक सन्देश जाने उहाँको विश्वास छ ।

सबै खाले अवसर पार्टीमा छलफल गरी आवश्यकता र समानुपातिक बितरण गर्ने कुरा किन हरायो ? आफू पदमा पुगेपछि नातेदार र नजिककालाई प्राथमिकतामा राखी पटकपटक अवसर उपलब्ध गराउने, पार्टीमा छलफल गर्नैनपर्ने स“स्कार विकास किन भयो ? पार्टीमा निस्वार्थ लागेका कार्यकर्ता र नेताहरुको मूल्यांकन नगर्ने कुराले पार्टीलाई कहा“ पु¥याउ“छ ? भोलिका दिनमा यी विषयलाई पार्टीगत् निर्णय र आवश्यकताका आधारमा अवसर प्रदान गर्ने संस्थागत् संयन्त्र विकास कहिले गर्ने भन्ने कुरामा छलफल पनि माग गरिएको छ ।