राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक आज

0
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन् । जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको सूची पठाइसकेका छन् ।

आगामी २ं५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईवटा मतदान केन्द्र हुनेछन् ।

१३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराईसकेको छ ।