दोहा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको राजधानी दोहा जाने तयारीमा छन् । उनी यहीँ फागुन १९ गते दोहा जाने तयारीमा छन् ।

फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते)सम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवं राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।