डा. रुइतलाई इसा अवार्ड प्रदान

0
Shares

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिएको छ ।

बहराइनको राजधानी मनामास्थित इसा सांस्कृतिक केन्द्रमा मंगलबार आयोजित समारोहमा त्यहाँका राजा हमाद विन इसा अल खालिफाले स्वर्ण पदकसहित १० लाख अमेरिकी डलरको पुरस्कार तथा सम्मान डा. रुइतलाई प्रदान गर्नुभएको थियो ।

डा. रुइतले विकास गरेको सस्तो आँखाको लेन्स विश्वका अधिकांश देशमा पुगेको र गरिबहरूले समेत आँखाको ज्योति पुनः प्राप्त गर्न सफल भएका छन् । यस वर्ष यो विधाको पुरस्कारका लागि विभिन्न मुलुकका १ सय ३९ चिकित्सक मनोनयनमा परेका थिए ।

डा. रुइतले यसअघि सन् २००६ मा फिलिपिन्सको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अस्ट्रेलिया र सन् २०१८ मा भो पद्मश्री अवार्ड प्राप्त गर्नुभएको थियो ।