सल्यान ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा रहेको सिद्ध कैलाश गुफालाई संरक्षण गर्न स्थानियले माग गरेका छन । वडा नम्बर २ मा अवस्थित सिद्ध कैलाश गुफालाई संरक्षण तथा सम्र्वद्धन गरी पर्यटकिय स्थलमा बिकास गर्नको लागि पहल गर्न स्थानियले माग गरेका हुन् ।
साविकको सिद्धेश्वरी गाबिस वडा नम्बर ३ मा पर्ने सिद्ध केलाश गुफा संरक्षणको लागि व्यवस्थापन समिती र स्थानियले धेरै प्रयास गरेपनि सरोकारवालाहरुले अहिले सम्म ध्यान नदिएकोले गुफा व्यवस्थापन समितीले संरक्षण र प्रचारप्रसार गर्न माग गरेका छन् । पौरानीक किम्वदन्तीमा आधारित अदभूत आश्चार्य चकित गुफा सहितको कैलाश पर्वत जस्तो देखिने उक्त गुफा प्रचारप्रसारको अभाव भएकाले गुफा सम्म पुर्वाधार निर्माण गर्न आवश्यक रहेको स्थानिय मंगलु चलाउनेले बताउनु भयो ।
पौराणिक कालमा भगवान शिवजी कुमाख लेख भ्रमण गरेर गुफामा तपो ध्यान गरी गुप्त बास बसेको भनि उल्लेख भएको मानिन्छ । गुफा पर्यटकीय स्थलमा सिडि निर्माण, खानेपानिको व्यवस्थापन लगायतका थुप्रै भौतिक संरचनाको अभाव रहेकाले यसको व्यवस्थापन गरिदिन माग गर्नुभयो । गुफा संरक्षणको लागि अहिले सम्म सल्यानका स्थानिय, प्रदेश र संघका जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएपनि काम हुन नसकेको उहाँले बताउनुभयो ।
जिल्लाको दोस्रो ठुलो कुमाख लेखककोे फेदिमा रहेको कैलाश गुफा बिगत केही बर्ष देखि चर्चामा आउन थालेको भए पनि भौतिक संरचनाको अभाव भएकाले सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनु भयो । २०४५ साल देखि चिनारीको रुपमा परिचित रहेको यो गुफा संरक्षण र प्रचार प्रशारका लागि जिल्लाका बिभिन्न निकाय र मिडियालाई अवोलोक गराईएको र आगामी दिनमा जिल्लाको पहिचानका रुपमा स्थापित गरानुपर्ने चलाउनले बताउनु भयो ।
गुफा संरक्षणको लागि समिती गठन गरेर थुप्रै काम गरे पनि थुप्रै समस्या रहेको सिद्ध कैलाश गुफा समितीका अध्यक्ष ज्ञेहेन्द्र चलाउनले बताउनु भयो । गुफालाई जिल्लाकै पर्यटकीय स्थल बनाउन सबैको दायित्व रहेकाले संरचना बनाउनु पर्ने, गुफाको लागि आवश्यक पर्ने बजेट बिनियोजन गर्नुपर्ने देखिएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो,“ जिल्लाकै चर्चित गुफा हो, संरक्षणको अभावमा पछाडी पदेै गएको छ, यसलाई बचायन, स्थानिय सरकार, प्रदेश सरकार र संघ सरकारले पहलकदमी लिन जरुरी छ ।
गुफाको दिगो बिकासका लागि पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने प्रवेशद्धवार निर्माण गर्नुपर्ने, सार्वजनिक शौचालय, यात्रु बिश्राम कक्ष निर्माण, आवाश भवन निर्माण, खानेपानि लगायतका संरचना निर्माण गर्नुपर्ने अध्यक्ष चलाउनेले बताउनु भयो ।गाउँपालिका भित्र रहेका धार्मिक स्थलहरुको पहिचान गरी संरक्षणमा जोड दिने सिद्धकुमाख गाउँपालिकाले जनाएको छ । पालिका भित्र रहेका कला सास्कृती र आझेलमा परेका स्थलहरुलाई संरक्षण गर्नमा पहल लिने गाउँपालिका अध्यक्ष भरत गिरीले बताउनु भयो । जसका लागि आवश्यक बजेटको व्यवस्था गरेको समेत बताउनु भयो ।











प्रतिक्रिया