राजीनामा दिँदै डीआईजी अशोक सिंह

0
Shares

काठमाडौं ।

उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि  डीआईजी अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन्।

राजीनामा दिनुअघि उनले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई जानकारी गराइसकेका छन्। त्यसअघि उनले कानुनी परामर्श समेत गरेका थिए। उनलाई राजीनामा दिँदा नै उचित हुने सल्लाह पछि बुधबार राजीनामा दिन लागेका हुन्।

सिंहको जन्म मिति फरक फरक रहेको लगायतका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालय र प्रहरी कितावखानामा सोधेको थियो।

प्रहरी नियमावली अनुसार उनलाई बर्खास्त गर्न सक्ने भएकाले त्यसअघि नै सिंहले राजीनामा दिने तयारी गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।​