सौर्य जहाजको प्रविधिमा समस्या देखिएपछि उडान स्थगित

0
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उडान भर्न लागेको जहाजको प्रविधिमा समस्या देखिएपछि उडान स्थगित गरिएको छ ।

धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरमा समस्या देखाएपछि उडान स्थगित गरिएको हो ।

एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि तत्काल उडान स्थगित गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।