बैंक तथा वित्तीय संस्थाको विरोधमा व्यवसायी सडकमा आन्दोलित (फोटो/भिडिओसहित)



धनगढी । सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा उद्योगी, व्यापारी तथा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । आज (मंगलबार) बिहानैदेखि कैलाली उद्योग वाणिज्य संघलगायत अन्य व्यवसायिक संघ सस्था विरोध प्रदर्शन तथा आन्दोलनमा उत्रिएका हुन् ।

बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयको नीतिमा सुधारको माग गर्दै व्यवसायीहरूले आन्दोलन थालेको बताएका छन् । उनीहरूले धनगढीको चौराहदेखि पार्कमोडसम्म विरोध र्ंयाली निकालेका छ । र्ंयालीमा उनीहरूले सरकार, नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी समेत गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाका कारण व्यवासायी मारमा परेको भन्दै सुधारका लागि १० बुँदे मागसहित आन्दोलनको थालनी गरिएको हो । व्यवसायीहरूले एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरूको आन्तरिक खर्च कटौति गरी स्पेड दर ३ प्रतिशन हुनुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिइनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म नियमित मान्नुपर्ने, लिलाम प्रक्रिया स्थगित गरिनुपर्ने, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनु पर्ने माग राखेका छन् ।

विरोध प्रदर्शनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, हार्डवेयर व्यवसायी संघ, होलसेल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, व्युटि पार्लर व्यवसायी संघ, तरकारी तथा फलफूल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसेसनले एक्यवद्धता जनाएका छन् ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया दिनुहोस्