मकवानपुरमा फेरि जंगली हात्तीको ताण्डव, एक महिलाको मृत्यु

0
Shares

हेटौंडा । पश्चिम मकवानपुरमा फेरि जंगली हात्तीको आक्रमण शुरू भएको छ । हात्तीको आक्रमणबाट सोमबार एक वृद्धाको मृत्यु भएको छ ।

गाउ“पालिकाको हा“डीखोला क्षेत्रमा जंगली हात्तीले आइतबार सा“झबाट आतंक मच्चाएको थियो । आइतबार सा“झ उक्त क्षेत्रमा देखा परेको हात्तीको आक्रमणबाट सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी मनहरी गाउ“पालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारीलाई हात्तीले आक्रमण गर्दा उहाँको सोमबार साँझ मृत्यु भएको हो ।

हात्तीले अधिकारीलाई आक्रमण गरेस“गै आक्रोशित स्थानीयले निकुञ्जका कर्मचारी र नेपाली सेना बस्दै आएको पोस्टमा तोडफोड गरेका छन् । पोस्टनजिक स्थानीयले आगजनी पनि गरेका छन् ।

आक्रोशित स्थानीयको तोडफोडबाट सेनाले प्रयोग गर्दै आएको गाडीसहित कार्यालय र गोलघरमा क्षति पुगेको छ । पर्सा राष्ट्रिय निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयको जिप तोडफोड भएको छ । सोमबार मनहरी–४ का स्थानीयले ना१झ ९८८ नम्बर जिप तोडफोड गरेका हुन् ।

हात्ती लखेट्न र धनजनको क्षति हुन नदिन कुनै भूमिका नखेलेको भन्दै स्थानीय आक्रोशित भएका छन् । निकुञ्जले मानिसलाई भन्दा जनावरलाई बढी महत्व दिएको भन्दै आक्रोशित स्थानीयले नाराबाजी गरे ।

अघिल्ला वर्षहरूमा सोही क्षेत्रमा हात्तीको आक्रमणबाट मानिसको मृत्यु हुँदै आएको छ । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष सीताराम अर्यालले केही दिनयता हात्तीहरू देखा परेका र तिनले स्थानीयलाई हानि पु¥याइरहेको जानकारी दिनुभयो ।

हात्ती नियन्त्रणका लागि सेना खटाइएको छ । मनहरीको प्रतापपुरदेखि हा“डीखोलासम्म क्षति पु¥याइरहेको छ । मनहरी गाउ“पालिका अध्यक्ष रञ्जन कालाखेतीले हात्ती नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जस“ग समन्वय गरिएको जानकारी दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले अघिल्लो वर्ष मकवानपुरको मनहरी–७ स्थित बिजौना बस्तीमा घर भत्काएको थियो । वृद्ध रामबहादुर प्रजाको घरमा हात्तीले आक्रमण गरी भत्काएको हो । करिब ७० वर्षीय बृद्ध घरमा एक्लै बस्दै आउनुभएको थियो । घरमा हात्तीले आक्रमण गरी ध्वस्त पारेपछि उहाँ विस्थापित हुनुभएको छ । उहाँ नातिको घरमा आश्रय लिन बाध्य भएको स्थानीय समाजसेवी जनकलाल बानिया“ले बताउनुभयो । आक्रमणबाट खरको छानो भएको घर पूर्णरूपमा ध्वस्त भएको छ भने घरका भा“डाकु“डा र अन्नपात पूर्ण क्षति भएको छ ।

स्थानीयका अनुसार पछिल्ला केही दिन अवधिमा हात्ती नियमित रूपमा बस्तीमा पस्न थालेपछि गाउ“लेहरू आतंकित भएका छन् । बस्तीमा पसेका हात्तीले मकै, धानखेती नष्ट गर्ने गरेका छन् । अन्नबालीमा पु¥याएको क्षतिबाट १२ घरपरिवार प्रभावित भएका छन् भने स्थानीय ललितबहादुर मुक्तानको घर हात्तीले भत्काइदिएको छ । यसले जोखिम बढ्नेमा स्थानीय चिन्तित छन् ।

हात्तीलगायत जंगली जनावरले दुःख दिन थालेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा विद्युतीय झड्का निर्माण भएको थियो । तर, त्यसको सञ्चालन व्यवस्थित नहु“दा जनावरले दुःख दिन छाडेका छैनन् भने तार निर्माणमा भएको लगानी बालुवामा पानीसरह भएको छ ।

जंगली हात्तीले जोगीतालस्थित विद्युतीय झट्काको कन्ट्रोल रुममा आक्रमण गरी सामूहिक रूपमा गाउ“ प्रवेश गर्ने गरेको छ । विद्युतीय झट्कामा क्षति पु¥याएर दैनिक रूपमा हात्ती बस्ती प्रवेश गरिरहेका छन् । हात्तीले कन्ट्रोलरुमका इन्भर्टर, ब्याट्रीसहित घर भत्काइदिएको थियो । वन्यजन्तु समस्याबाट पीडित गाउ“लेहरूको मागपछि जोगीताल क्षेत्रमा विद्युतीय झट्का गत वर्ष अन्तिममा हालिएको थियो । तर, झट्का नै भत्काइदिएपछि गाउ“लेहरू आतंकित बनेका हुन् ।

जंगली जनावरबाट जोगाउन मकवानपुरको मनहरी गाउ“पालिका–७ को रमौली बस्तीमा पनि ३८ लाख लागतमा विद्युतीय तार जडान गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको लगानीमा करिब ६ किलोमिटर दूरीमा विद्युतीय तार लगाउने कार्य गरिएको हो ।

जंगली जनावर बस्तीमा पसेर तरकारी, फलफूल नष्ट गर्नाका साथै मानवीय एवम् भौतिक क्षति पु¥याउने गरेको हु“दा त्यसलाई रोक्न विद्युतीय तार लगाइएको हो । गाउ“पालिका क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने हात्ती, गैंडा, बा“दरलगायत जनावरले वर्षेनी क्षति पु¥याएकाले तार लगाइएको पालिकाको भनाइ छ । गत वर्ष पनि जंगली जनावरको आक्रमणमा परी त्यहा“ २ जनाको मृत्यु भएको थियो । विद्युतीय तार लगाउ“दा जनावार नमर्ने तर विद्युतीय झट्का लागेर तारबार पार गर्न नसकिने स्थानीयको भनाइ छ ।

पालिकाको वडा–१ देखि ५ सम्म पनि जंगली जनावरको अत्यन्त जोखिम रहेकाले निकुञ्जले त्यहा“ पनि विद्युतीय तार लगाइएको जनाएको छ । जंगली जनावरलाई बस्ती प्रवेश निषेध गर्न निर्माण गरिएको विद्युतीय झट्का प्रभावकारी देखिए पनि हात्तीले नै त्यसमा आक्रमण गर्दै आएको छ ।