धादिङ रेडक्रसमा तालाबन्दी 

0
Shares

धादिङ ।

नेपाल रेडक्रस सोसाइटी धादिङ शाखामा साेमबार तालाबन्दी भएको छ ।
नेपाल रेडक्रस सोसाइटी धादिङको ३६ औँ  साधारण सभा तथा १२ औँ  अधिवेशन  चलिरहेको समयमा जिल्ला शाखाको कार्यालयमा तालाबन्दी भएको हो ।

मार्पाक उपशाखामा २ सय ५९ जना आजीवन सदस्यमध्ये १ सय २३ जना आजीवन सदस्यले आफूलाई  जानकारी नदिई साधारण सभा गरेकोले मार्पाक उपशाखाको साधारण सभा र अधिवेशन पुनः गर्न माग गर्दै मार्पाक उपशाखाका पूर्व सभापति समेत रहनुभएका चन्द्रबहादुर अधिकारीको नेतृत्वमा  तालाबन्दी गर्दै उपशाखाको पुनः निर्वाचन गराउन र जिल्ला शाखाको अधिवेशनमा सहभागी नगराउन माग गर्नुभयो ।

गत पुस २३ मा गरिएको उपशाखा अधिवेशन तथा साधारण सभामा आजीवन सदस्यहरुलाई खबर नभएर कार्यक्रममा नआएपछि  साारणसभा तथा अधिवेशन पुनः गर्न माग गर्दै पुस २८ गते जिल्ला शाखामा  १ सय  २३ जना आजीवन सदस्यहरुकाे हस्ताक्षरसहित उजुरी गरिएको थियो ।

जिल्ला शाखाले आजीवन सदस्यकाे माग सम्बोधन नगरेका कारण जिल्ला प्रशासन कार्यालयमा फागुन २ गते आजीवन सदस्यहरुकाे हस्ताक्षर सहित उजुरी गरिएकोमा सोही दिन जिल्ला प्रशासन कार्यालयबाट नेपाल रेडक्रस सोसाइटीलाई पत्रसहित स्पष्टीकरण सोधेको थियो । जिल्ला सभा सञ्चालन भइरहँदा समेत माग सम्बोधन नभएकोले आफूहरु  न्यायिक निकायसमक्ष जाने चन्द्रबहादुर अधिकारीले बताउनुभयो ।