अध्यागमनको सर्भरमा समस्या, अन्तर्राष्ट्रिय उडान प्रभावित

0
Shares

काठमाडौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भरमा समस्या देखिएको छ। सोमबार दिउँसो सर्भरमा समस्या देखिएसँगै अन्तरराष्ट्रिय उडान प्रभावित भएको छ। उडान प्रभावित हुँदा सयौं यात्रु समस्यामा परेका छन्।

करिब पौने १२ बजेदेखि सर्भर डाउन भएपछि केही उडानसमेत बन्द भएका छन्।

सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकाले उडान प्रभावित भएको विमानस्थल स्रोतले बताएको छ।

सर्भरमा समस्या आएका कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिगो एयर, थाई स्माइल, मलेसियन एयरलगायतका उडान प्रभावित भएको छ। उडान प्रभावित भएपछि हाल ३/४ सय यात्रु आक्रोशित भएर बसेका छन्।

पछिल्लो केही समययता अध्यागमनको सर्भरमा पटक-पटक समस्या देखिन थालेको छ।

करिब एक महिनाअघि पनि सोही समस्याका कारण उडान प्रभावित भएको थियो।