राष्ट्रपतिमा राष्ट्रिय सहमति जुट्नेमा कांग्रेस विश्वस्त

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारमा राष्ट्रिय सहमति जुट्न सक्ने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमै पुगेर कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलाले भेट गर्र्दै राष्ट्रपति चुनावमा सघाउन आग्रह गरेका थिए ।

उनीहरुको आग्रहमा प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति कांग्रेसकै उम्मेदवारमा जुट्न सक्छ । यसर्थ यसका दलहरुसँग सघनमा छलफल गर्न समेत उनले आग्रह गरे ।