सुदूरपश्चिमका मुख्यमन्त्री ढुक्क, भन्छन् : मेरै नेतृत्वमा पाँच वर्ष सरकार चल्छ

0
Shares

कठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकार आगामी पाँच वर्षसम्म चल्नेमा आफू ढुक्क भएको दाबी गरेका छन् ।

आज (सोमबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेका हुन् । प्रदेशसभाबाट विश्वासको मत पनि छिट्टै लिने तयारीमा रहेको मुख्यमन्त्री शाहले बताए ।

‘एक्लै कुनै दलसँग पनि बहुमत छैन । यो सरकार पाँच वर्ष टिक्नुपर्छ भनेर हामीले दलहरूसँग पनि छलफल गरिरहेका छौं,’ उनले भने, ‘सुदूरपश्चिममा मध्यावधि चुनाव हुँदैन, यही सरकार पाँच वर्ष चल्छ ।’ उनले मन्त्रिपरिषद्लाई पनि केही दिनमा पूर्णता दिने बताए ।

यसअघि नेकपा (एमाले)बाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संविधान सम्मत सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसका संसदीय दलका नेता शाहको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।