पूर्व मन्त्री श्रेष्ठ ८८ वर्षको उमेरमा निधन

0
Shares

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा प्राध्यापक डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । आज (सोमबार) श्रेष्ठको उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।

विसं २०४६ मा प्रजातन्त्रको पुनर्वाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए ।