बालुवाटमा कांग्रेसका नेतासँग प्रचण्डकाे छलफल

0
Shares

काठमाण्डाैं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल चलिरहेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र कांग्रेसका नेताहरुबीच छलफल भएकाे हाे ।

छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का,महामन्त्री गगन थापा, बरिष्ठ नेता रामचन्द्र पाैडेल, नेता कृष्ण सिटाैला सहितकाे सहभागिता रहेकाे बताइएकाे छ ।

बालुवाटार स्रोतका अनुसार राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा देउवा र प्रचण्डबीच निर्णायक छलफल भइरहेको बुझिएकाे छ ।

२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । राष्ट्रपतिका लागि सत्ता साझेदार दल एमालेले पाउनुपर्ने दावी गरिरहँदा माओवादी केन्द्रले राष्ट्रिय सहमति राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ ।

यसले सत्ता गठबन्धनमा खटपट पैदा भएको छ । याे परिस्थितिमा कांग्रेस र माओवादीबीचको छलफललाई राजनीतिक बृत्तमा अर्थपूर्णरुपमा हेरिएकाे छ ।