प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच भेटवार्ता

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापाआइतबार बेलुका बालुवाटार पुगेका हुन् ।

भेटमा राष्ट्रपतिको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बताइएको छ।