विद्यार्थी बोकेको बसको चालक निदाएपछि……

दिक्षान्त समारोह मनाउन आएका विद्यार्थी घाइते

0
Shares

सचिन केसी विहान चार बजे पोखरा आइपुगे । दिउँसो लेखनाथ जानुपर्ने भएकाले उनी लेकसाइडमा बसे । दिउँसो उनी लेखनाथमा रहेको पोखरा विश्वविद्यालय –पियु) तर्फ हानिए । सोमबार (आज) विविए तर्फको दिक्षान्त समारोहमा सहभागिता जनाउनका लागि उनी भैरहवादेखी पोखरा आएका थिए ।

आइतबार दिउँसो पियु पुगेर फर्कने क्रममा उनको दुर्घटना हुन पुग्यो । उनी चढोको बेगनास पोखरा यातायात प्रा.लि.को बस सडकदेखी करिब २५ मिटर खहरे खोलाको खोँचमा खस्यो । उनी सहित ४५ जना यात्रु घाइते भए । बसमा चालक र सहचालक सहित कुल ४७ जना सवार थिए ।

सचिनका अनुसार मादक पदार्थ सेवन गरेर बस चलाएका डाइभर चलाउँदा चलाउँदै निदाएपछि दुर्घटनामा परेको हो । सचिन गाउन लिनका लागि पियु पुगेका थिए । गाउन लिएर फर्कने क्रममा पोखरा महानगरपालिका शिशुवा २७ हंसपुर प्रहरी चौकी नजिकैको खोँचमा खसेको हो । ‘म डाइभरको साइडमा थिए । डाइभर पुरै झ्यापमा थियो । रक्सीको गन्ध आइरहेको थियो । सुरुमा बोलि लटपटिएको थियो । होचो होचो भएकाले बोलि त्यस्तै होला भन्ने लाग्यो । तर त्यसो रहेनछ । भोला (सुुर्तिजन्य पदार्थ) खायो त्यसपछि मलाई मापसे गरेको भन्ने थाहा भयो’ उनले भने,‘ एकछिनपछि गाडीमा यत्तिकै सुत्यो । सुतेपछि उ (संगिता क्षेत्री) चिच्यायो, उ चिच्याउँदै दाई के गरेको ? किन सुतेको दाई ? भन्यो । त्यति भन्न नपाउँदै गाडी पुरै कोल्टिइ सकेको थियो ।’ सचिनका अनुसार गाडी दुई तिनपटक गल्टिएको थियो । त्यसपछि सचिन र संगितालाई सोही डाइभरले च्यापेको थियो । त्यतिबेला समेत होसमा रहेका सचिन र संगीताले गाडी दुर्घटना भएको बताउँदा बोलेर पुन सुतेका थिए ।

 

‘गाडीले दुई तिन बल्ट्याङ खादैँ पल्टियो । उ पनि च्यापिएको थियो म पनि च्यापिएको थिए डाइभरले । दाई उठ्नु न उठ्नु भनेपछि त्यो डाइभर हँ भन्दै उठ्यो उठेपछि लास्टमा हेर्नु त दाई तपाईँले गाडी फाल्नुभयो भन्यो अनि फेरी सुत्यो ।’ उनले भने ।

यस्तै बुटवलदेखि दिक्षान्तकै लागि आएकी एक विद्यार्थीले चालकको लापरवाहिका कारण दुर्घटना भएको बताइन् । ‘गउन लिन आएका थियौैँ । भोलि कम्पुटिसन भनेर । आउनेबेला हामी अलि टाढा झर्ने भएकाले अगाडीको सिटमा बस भन्नुभयो अनि हामी पनि अगाडीको सिटमा आएर बस्यौँ’ उनले भनिन् । सचिनले आफूलाई अरुको जति चोट नलागेपनि काँधको जोर्नीमा दु:खाइ धेरै भएको बताए । ‘मलाई त्यतिधेरै चोट त लागेको छैन तर यहाँ डिसलोकेड ( काधँको जोर्नी) भएजस्तो लागेको छ । मसल जाम भएजस्तो भएको छ उठ्न मिलेको छैन् । अरुलाईभन्दा कम चोट लागेको छ । अब भोलि जान सकिदैन अस्पतालले कहिलेसम्म राख्ने हो । अब घर जान्छु ।’

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी शिव प्रसाद पाठकले चालकको पूर्ण लापरवाहिका कारण दुर्घटना भएको बताए । उनले प्रारम्भिक अनुसन्धानले मादक पदार्थ वा नसालु पदार्थ खाएको कारण दुर्घटना भएको देखिएको उनले सुनाए । ‘प्रारम्भिक अनुसन्धानले चालकको पूर्ण लापरवाहि देखिएको छ । उहाँको हामीले मेडिकल जाँच गर्छौ रिपोर्ट के आउँछ’ उनले भने,‘दुर्घटनामा ४५ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर देखिन्छ । प्रहरीचौकी नजिकै भएकाले उद्धार कार्यमा सहज भएको देखिन्छ ।’

उनले सर्वसाधारणलाई सवारी चढेपछि चालकको स्थितिमा समेत ख्याल गर्न अनुरोध गरेका छन् । यदि चालकमाथि त्यस्तो केही संका लागेमा प्रहरी वा ट्राफिक प्रहरीलाई तत्काल खबर गर्न आग्रह समेत गरे । चालक बिजेश बास्तोला र सहचालक मनबहादुर कुमाल प्रहरी नियन्त्रणमा रहेका छन् ।

यी हुन घाइतेहरु

ग १ ख ६७४७ नम्बरको सार्वजानिक बस दुर्घटना हुँदा २८ महिला १५ पुरुष, २ बालक र १ बालिका घाइते भएका छन् ।

सामान्य घाइते हुनेमा रुपेन्देही सिदार्थ नगरपालिका बस्ने २३ की सोनाली बाँनिया, काठमाडौं नागार्जुन नगरपालिका १० की ६९ वर्षिया रामकला खड्का, सोही स्थानकी २१ की इन्द्र खड्का, २९ का सुशान्त खड्का, रुपन्देही तिलोत्तमा न.पा १३ का २४ वर्षिया ममता न्यौपाने, तिलोत्तमा ३ की २३ वर्षिया अविना पुन मगर, तिलोत्तमा ६ की २५ वर्षिया सविता गोतामे, चितवन भरतपुर २५ का २८ वर्षिया सुजता कौशल, पोखरा ३० का १२ वर्षिय सचिता गुरुङ, ६५ वर्षिय सुन्सरी गुरुङ, ४ वर्षिय ममता गुरुङ, स्याङ्जा गल्याङ नगरपालिका ४ का २५ वर्षिया विनिता राना, आधिँखोला ५ की २४ वर्षिया प्रभा पोखरेल, रुपन्देही देवदह ९ का २५ वर्षिय गौरव न्यौपाने, रुपन्देही सैनामैना २ का २४ वर्षिय इश्वर पाण्डे, तिलोत्तमा ७ का २४ वर्षिय सुनिल थारु र मनिषा पाण्डे, कास्की अन्नपुर्ण ६ का १५ वर्षिय साहिल गुरुङ, भरतपुर ६ की २५ वर्षिय सिता अधिकारी र २ वर्षिया रियाज अधिकारी, चितवन घरभई हाल पोखरा ५ बस्दै आएकी सिता बास्तोला, भरतपुर १४ की २४ वर्षिया पुष्पा अधिकारी, रुपन्देही देवदह १० की २४ वर्षिया प्रकृति रिजाल र २० वर्षिया गरिमा न्यौपाने, भरतपुर १० की २४ वर्षिया कल्पना खत्री र २९ वर्षका सुमन थापा, कास्की मादि ८ की २५ वर्षिया लिला अधिकारी, पोखरा ३ की २५ वर्षिया नम्रता अधिकारी, पोखरा ११ फुलबारीकी २४ वर्षिया निशा पुन रहेका छन्।

यस्तै काठमाडौं गोकर्णेश्वर ७ का ५६ वर्षिय प्रमोद दाहाल र २४ वर्षिय आज्ञा दाहाल, ललितपुर २४ की २४ वर्षिया रोजिना कार्की, कलंकी १४ की २० वर्षिया इशा भुजेल, नवलपुर गैडाकोट २ का २४ वर्षिय विदुर न्यौपाने, रुपन्देही मायादेवी ८ की संगिता क्षेत्री र २३ वर्षिय सचिन केसी, पोखरा १३ का १५ वर्षिय सुदिप गिरी अधिकारी, नवलपरास ४ की २५ वर्षिया अनिषा चौधरी, पोखरा ६ लेकसाइडकी २४ वर्षिया अस्मिता अधिकारी, चितवन टाडी ८ की २७ वर्षिया शोभा सापकोटा, पोखरा १३ की ३८ वर्षिया सावित्री अधिकारी गिरी, ललितपुर १९ का नशल्प बज्रचार्य, चितवन ८ टाँडीका ३४ वर्षिय सागर पौडेल, पोखरा १० की ४० वर्षिया जौमाया गुरुङ, पोखरा ३१ का चालक बिजेश बास्तोला सहचालक मनबहादुर कुमाल रहेका छन् ।